काठमाडाैं, माघ १५ । सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा दिन बिहीबार एपिएफले जित निकाल्दा अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित निकालेको छ । .
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनेको दोस्रो खेलमा एपिएफलाई जित दिलाउँन सावित्रा एक्लैले तीन गोल गरेकी हुन् । पुलिसमाथि सुरुआतबाट नै दबाब सिर्जना गरेको एपिएफका लागि सावित्राले ३२औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको जारी प्रतियोगितामा तेस्रो ह्याट्रिक भएको छ । लगातार चार खेलमा स्पष्ट जित निकालेको एपिएफको अंक तालिकामा १२ अंक पुगेको छ ।

एपिएफ तालिकाको शीर्ष स्थानमा यथावत रहँदा जारी लिगमा पहिलो हार भोगेको पुलिसको समान ४ खेलबाट ५ अंक भएको छ । पुलिसले दुई खेलमा बराबरी खेल्दा एक खेलमा सुखद नतिजा निकालेको छ ।
यस्तै दिनको पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि १०–० को जित निकाल्दा दिनको दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि ३–० को जित निकालेको हो । जारी लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउनका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले समान एक÷एक गोल गरे ।
पहिलो जित निकालेको वालिङको अंक तालिकामा ५ अंक बनाएको छ । पराजित चौदण्डीगढीको जारी लिगमा यो तेस्रो हार हो । चौदण्डीगढीको तालिकामा अंक बिहीन छ ।
प्रतियोगितामा शुक्रबार एक खेल हुनेछ । दिनको २ बजे हुने खेलमा विभागीयट टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com