आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

१६ माघ २०७७, शुक्रबार ०९:०७

आज मिति २०७७ साल माघ १६ गते शुक्रबार तदनुसार सन २०२१ जनवरी महिनाको २९ तारिख, माघ कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, अश्लेषा नक्षत्र, प्रतिप्रदा तिथी, आयुष्मान योग, बालब करण, आज चन्द«मा कर्कट राशीमा रहनेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ३९ मिनेटसम्म रहने छ। आजको अमृत समय बिहानको ९ बजेर ३५ मिनेटबाट १० बजेर ५६ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानको १० बजेर ५६ मिनेटबाट  १२ बजेर १७ मिनेटसम्म रहने छ। राहुकालमा महत्वपूर्ण शुभ कार्यहरु गर्नु हुदैन ।

(१) मेष राशी

चिन्ताबाट बच्नुपर्ने दिन छ, दुख कष्ट बन्धन रोग र शत्रु आदिको वृद्धि हुन सक्ने, आरोप लाग्ने डरले सताउने, आयमा कमी, मित्र तथा भाइहरुसँग वैमनस्यताको सम्भावना भएकोले नजिककाहरुसँग विवादबाट बच्नु होला, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला लाग्ने, मान सम्मान र उपलब्धिमा कमी, परिवारीक र दाम्पत्य सुखमा कमी, आार्थिक अभाव, कार्य बाधा जस्ता फल प्राप्त हुन सक्ने भएकोले सचेत रहनु पर्नेछ । आफनो र आफनो परिवारको स्वास्थ्य प्रति विशेष विशेष ध्यान दिनु होला ।

(२) वृष राशी

दिन राम्रो रहने छ । मनमा नयाँ विचारहरु आउन सक्छन । कार्यमा सफलता, मन प्रसन्न हुने, धन लाभ, वस्त्रलाभ, आरोग्यता प्राप्ति, मान सम्मान प्राप्ति । दाम्पत्य जीवन तथा प्रेम सम्बन्ध सुमधुर रहने, मित्रले सहयोग गर्ने, आँखा लगाउनेहरु परास्त हुनेछन् । कसै कसैलाई छोटो दुरीको यात्राको पनि सम्भावना छ । विद्यार्थीहरुको लागि विशेषगरेर  विदेशमा उच्च शिक्षाको लागि सम्पर्क सम्बन्धि कार्यको लागि दिन राम्रो छ ।

(३) मिथुन राशी

कुनै काम नगरुँ नगरुँ लाग्ने वा बिचमै रोक्न मन लाग्ने , कार्यहरुमा व्यवधान आउन सक्ने, छाती भन्दा माथिको भागमा कष्ट वा पीडा, धनको हानी वा अनावश्यक ठाउँमा खर्च हुने, कुटुम्ब तथा नजीकका मान्छेसँग मनमुटावको वातावरण बन्न सक्ने, झर्किन मन लाग्ने वा बोलि बचन कठोर  हुने, सन्तान पक्षबाट समस्या बन्न सक्ने, गलत काम गर्नेहरुले भने आज दन्ड पाउने सम्भावना छ , खानपानमा विशेष सतर्क रहनुपर्ने दिन छ । विद्यार्थीहरु भने पढाइमा अलि मेहनतै गर्नुपर्नेछ । खराब मानिसहरुबाट दुख पाइने सम्भावना रहेकोले सावधान रहनु होला, एकपटक चिना देखाउनु होला।

(४) कर्कट राशी

दिन राम्रो रहनेछ । भौतिक सुख, मित्र सहयोग, उत्तम भोजनका साथै वस्त्र तथा उपहार आदि प्राप्ति हुन सक्ने, आरोग्यता हुने, आदर सत्कार वा कदर मिल्ने । शैयया सुख, वैवाहिक सुख । प्र्रेम सम्बन्धको लागि दिन राम्रो छ । व्यापारिक वर्ग, व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि आज दिन राम्रो छ । लगानीको लागि पनि दिन शुभ छ ।

(५) सिंह राशी

मन अशान्त रहन सक्छ । पराक्रममा कमी आउनेछ । शारिरिक कष्ट, अंगहरुमा हानी वा खर्च गराउने।,े । घाउ चोटपटक दुर्घटना अथवा शोक पर्न सक्ने भएकोले विशेष सावधानी राख्नुहोला, आलस्य बढनेछ । खर्चमा वृद्धि । संक्रामक रोगहरुबाट बच्नुहोला । निद्राको समस्या हुन सक्छ । विद्यार्थीहरुको लागि समय राम्रो छैन । एक पटक चिना चाँही देखाउनु होला ।

(६) कन्या राशी

भाग्यको सहयोग पाइने खालको दिन छ, मान सम्मान पाइने, बन्धु तथा मित्रहरुबाट सुख हुने, आरोग्य तथा धन धान्य को प्राप्ति, शुभ समाचार आउन सक्छ । । शरिरमा जोश जाँगर आउने , धन लाभ वा वस्तु लाभ हुने, उत्तम भोजन, भोग विलास वा रमाइलोमा समय बित्न सक्ने छ , आय आम्दानीको क्षेत्रमा केही सुखद अनुभूति हुन सक्नेछ, अडकिएका कार्यहरुले गति लिनेछन । व्यापारी वर्गलाई राम्रो दिन छ, समग्रमा दिन सुखमय रहनेछ ।

(७) तुला राशी

दिन शुभ रहनेछ । कार्य सिद्धि, धन लाभ, आय स्रोत बढाउने विषयमा गरेका प्रयास सफल हुनेछ ,  कुनै पनि खालको परिवर्तन चाहनु भएको छ भने दिन राम्रो छ । पहिलेदेखि प्रयास गरिरहनु भएको छ भने कर्म क्षेत्रमा मानसम्मान, कदर, यश प्राप्त हुन सक्छ । पिता तुल्य व्यक्तिहरुको सहयोग पाइने, शुभ समाचार आउन सक्नेछ । सरकारी काम कारवाहीबाट सन्तुष्टी मिल्ने, सरकारी नोकरीमा हुनेहरुको यदि सरुवा बढुवा चलिरहेको छ भने चिताए अनुसार हुने योग देखिएको छ , विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने दिन छ, पारिवारीक सुखको साथै जग्गा जमिन सवारी साधन खरीद गर्नलाई राम्रो दिन छ ।

(८) वृश्चिक राशी

समय अनूकूल छैन । शारिरिक पीडा, स्वास्थयमा गडबडी, गरे अनुसार जस नपाउने, कुटुम्ब हानी, मान सम्मानमा कमीे, बिना कारण विवाद हुन अथवा आरोप लाग्ने सम्भावना छ ।  तामसिक भोजन हुने, रोग व्याधिले सताउने, सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने, अथवा मतभेद हुने, निरर्थक भ्रमण पनि हुन सक्छ । व्यापार व्यवसाय सोचे जस्तो नहोला । धर्मकर्म, तिर्थ सम्बन्धि वा अध्यात्मीक कुरामा ध्यान जान सक्ने , स्वास्थयको भने विषेश ख्याल राख्नु होला ।

(९) धनु राशी 

मानसिक चिन्ताले सताउने खालको दिन छ । कार्यमा ढिलाइ हुने, धनको खती, , शोक, कष्ट, भयले सताउने, खानपान र स्वास्थयमा गडबडी आउन सक्ने । रोजगारमा समस्या, आर्थिक तथा पारिवारीक समस्याबाट गुज्रिनु पर्ने हुन सक्छ,  अचानक हुने चोट पटकबाट  सावधानी अपनाउनुहोला । अनावश्यक खर्च तथा व्यर्थको विवादबाट भने आज जोगिनु होला, दाम्पत्य सम्बन्ध तथा प्रेमिहरुको लागि भने समय अनुकुल रहने छ । वैदेशिक व्यापार सम्बन्धि पनि दिन राम्रो रहनेछ ।

(१०) मकर राशी

दिन अनूकुल रहनेछ । । धन लाभको स्थिती बन्न सक्छ, रोकिएको कार्यहरु बन्ने । अरुले कदर गर्न सक्ने, शत्रुबाधा हटने । व्यापार व्यवसायमा लाभ हुने वा लगानी हुन सक्ने सम्भावना छ , शैयया सुखमा सहजता आउने, प्रेम तथा दाम्पत्य जीवन आनन्दमय हुने , उत्तम भोजन, भोग विलास  मनोरन्जनमा समय बित्ने वा मन जाने योग देखिएको छ ।

(११) कुम्भ राशी

स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, पारिवारिक सुख, शत्रुनाश, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । व्यापार व्यवसायमा बाह्य व्यक्तिको साथ र सहयोगले फाइदा पुग्ने । लगानीको लागि दिन राम्रो भएकोले निवेश गर्दा हुन्छ । सन्तान पक्षको विशेष ख्याल गर्नुहोला । विद्यार्थीहरुलाइ समय राम्रो छ ।

(१२) मीन राशी

सचेत हुनुपर्ने समय छ । मन अशान्त हुने, कर्ममा गतिरोध आउन सक्छ, कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा नहुने, व्यर्थमा अलमलिने अवस्था आउन सक्छ । विद्यार्थीहरुले पढाइमा बिशेष मेहनत गर्नुपर्नेछ अन्यथा गारो हुन सक्छ । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । पेट सम्बन्धि समस्या आउन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । यदि संयुक्त परिवारमा हुनुहुन्छ भने समस्याहरु आउन सक्छ अथवा उनीहरुसँग असमझदारी बढन सकछ, आफनो सामाजिक छविलाइ ध्यानमा राखेर अरुहरुसँगको विवादबाट आज टाढै रहनुहोला । प्रेम प्रसगंको लागि आज दिन ठीक छैन । लगानीलाइ पनि समय प्रतिकुल छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.