निर्वाचनको विकल्प छैनः सुवास चन्द्र नेम्वाङ

१६ माघ २०७७, शुक्रबार १५:४१

काडमाडौं माघ १६ । फुटको नजिक पुगेको नेकपाको दुबै पक्षलाई निर्वाचन आयोगले बोलाएपछि आयोग पुगेका ओली पक्षका नेता सुवास चन्द्र नेम्वाङले निर्वाचनको विकल्प नभएको बताएका छन् ।

फुटको नजिक पुगेको नेकपाका दुबै समुहलाई निर्वाचन आयोगले पत्राचार गरेर अयोग बोलाएको थियो । ओली पक्षबाट नेम्वाङ्ग आयोग पुगेका थिए । दाहाल–नेपाल उपत्यका बाहिर रहेका कारण १८ गते पछि मात्रै आयोगमा उपस्थित हुने जानकारी दिएका थिए ।

तोकिएकै समयमा निर्वाचन गर्न आयोगले दुर्तगतिमा काम गर्नु पर्ने भन्दै नेकपाको विवाद छिटो टुङग्याउन भन्दै ओगले दुबै पक्षलाई आयोग बोलाएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.