काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुँदै छ ।
दुवै विभागीय टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु हुने छ ।

बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ ।
सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।
आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । दुवै टिम एक-अर्कालाई पराजित गर्दै चौथो संस्करणको उपाधि जित्ने लक्ष्यमा छन । उपाधि विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com