काठमाडौ । नेकपाको दाहाल नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुनस्र्थापनाको विकल्प नभएको बताएका छन ।
आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुर्नस्थापना गर्नुपर्ने बताएका हुन । नेता खनालले प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै प्रधानमन्त्री ओलीको दिनगन्ति शुरु भइसकेको बताए । सरकार पाकेको फल झंै झर्ने उनको भनाइ छ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली पक्षले पुष २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै प्रधानमन्त्री हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाए ।
नेकपा नेतृ पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन ।
विघटित प्रतिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरित जाने कदमका विरुद्ध लागिरहने बताइन । संविधानको रक्षाको निम्ति जतिदिन पनि आन्दोलनमा बस्ने भन्दै उनले आन्दोलनले ०६२÷०६३ सालको जनआन्दोलनको रुप लिने पनि जिकिर गरिन । पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ ।
२१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com