काठमाडाैं । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे काठमाडौंमा बस्ने भएको छ ।
प्रतिनिधिसभा विघटनपछि आन्दोलित सो समूहले संसद पुनस्र्थापना हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको छ । बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने एक नेताले बताए ।

सो समूहले यसअघि नै बुटवल, विराटनगर र धनगढीमा तीन वटा प्रदेश स्तरीय विरोध सभा गरिसकेको छ भने जनसभा तथा भेलाहरु गर्दै आएको छ । माघ ९ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेका नेकपाले माघ २८ गते पनि जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।
यसअघि सो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com