काठमाडौं । प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको आडमा राजनीति जोगाउन खोजेको बताएका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीका पछिल्ला गतिविधिले उनी धर्मको आडमा आफ्नो राजनीतिक जोगाउन प्रयासरत रहेको बताएका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले ओली अब कम्युनिष्ट नेता नभएको जिकिर समेत गरे ।

पाण्डेले ओलीको कदमबाट दक्षिणपन्थीहरु खुशी भएको पनि बताए । राजावादी र दक्षिणपन्थीहरुले समेत ओलीलाई राजनेता मान्न थालेको बताउँदै उनले भने, ‘पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैनन् भन्न थालेका छन् ।’
नेता पाण्डले ओलीले समाजवादको यात्रामा घात गरेको आरोप समेत लगाए । नागरिकले अब त समाजवाद आउला, अब त सुख होला भनेर सोचेका थिए तर ओलीले त्यसलाई घात गरे,’ पाण्डेले भने ।
धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि सहभागी भएका थिए । माघ १४ गतेदेखि २१ गतेसम्म शनिबारबाहेक हरेक दिन २ घण्टा धर्ना धर्ना बस्ने भनिएपनि सो धर्ना आजैबाट सकिएको घोषणा गरिएको छ ।
सोमबारदेखि बागमती प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने भएका कारण धर्नालाई आजै टुंग्याइएको नेता पम्फा भुसालले जानकारी दिइन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com