शीर्ष स्थानको होडमा रहेको लिभरपुललाई महत्वपूर्ण जित

१९ माघ २०७७, सोमबार ०७:१९

एजेन्सी । शीर्ष स्थानको होडमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको हो ।लिभरपुलका लागि मोहम्मद सालहले ५७ र ६८ औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै जर्जिनियो विनाल्डमले ८४ औँ मिनेटमा गोल गरे । वेष्ट ह्यामका लागि डवसनले ८७ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

जितपति तेस्रो स्थानको लिभरपुलको २१ खेलबाट ४० अंक भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ४४ तथा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ४१ अंक छ । लिग अन्तर्गत आइतबार राति नै भएको चेल्सीले बर्नलीलाई २–० ले पराजित गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.