आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?


आज मिति २०७७ साल माघ १९ गते सोमबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १ तारिख, माघ कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, उत्तराफाल्गुनि नक्षत्र, चतुर्थी तिथी, अतिगन्ड योग, बब करण, आज चन्द«मा बिहान ८ बजेर ५३ मिनेटबाट कन्या राशीमा प्रवेश गर्नेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ३९ मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसो ४ बजेर २२ मिनेटबाट ५ बजेर ४३ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानका ८ बजेर १३ मिनेटबाट  ९ बजेर ३५ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

 (१) मेष राशी

भाग्यको सहयोग रहनेछ , पारिवारिक सुख वा धनलाभ हुने, कार्यसिद्धि तथा सुख प्राप्ति हुने, मिठो भोजनमा सरिक भइने, शारिरिक आरोग्य प्राप्ति, आर्थिक लाभ, शत्रुहरु पराजित हुनेछन, वस्त्र वा उपहार आदिको लाभ, कार्य स्थलमा मानिसहरुले सहयोग गर्नेछन, दाम्पत्य जीवन तथा व्यापार व्यवसायको लागि भने दिन सहज नहुन सक्छ,

(२) वृष राशी

मानसिक रुपमा बलियो हुनुपर्ने दिन छ, गरेका कार्यहरुमा विध्न बाधाहरु आउने, मानसिक खिन्नता, शारिरिक अस्वस्थता र कष्ट हुन सक्छ, मान सम्मानमा हानी हुन सक्ने योग छ, चिसाजन्य बिमारीबाट सचेत हुनु पर्नेछ, कोही महिलाको कारणले तनाव उत्पन्न हुन सक्छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, मन अशान्त रहने र गरेका निर्णयहरु पनि गलत हुन सक्नेछन्, कामुकतामा नियन्त्रण जरुरी छ ।

(३) मिथुन राशी

स्वास्थ्यको ख्याल गर्नु पर्ने दिन छ । तामसिक भोजन तर्फ मन जाने, खानपानको गडबडीले समस्या निम्त्याउन सक्ने, निरर्थक चिन्ता र बेचैनीबाट मुक्त रहनुहोला, मन अस्थिर भइ निद्रा बाधित हुन सक्छ, छातिको समस्या हुनेहरुले सावधानी अपनाउनु होला, कार्यस्थलमा सचेत रहनु होला, घर बाहिर समय बिताउनु पर्ने हुन सक्छ, व्यवसाय र लगानीलाइ भने आज दिन राम्रो छैन ।  आत्मविश्वासमा कमि आउन नदिएको खन्डमा दिन सुखद बित्नेछ ।

(४) कर्कट राशी

भाग्यको साथ सहयोग पाइनेछ । धन लाभ, बस्त्र लाभ एवम् मिष्ठान्न भोजन प्राप्ति को योग छ, स्वास्थयमा प्रगति शत्रुहरुमाथि विजय प्राप्ति, मन प्रसन्न रहनेछ, बन्धुबान्धवहरुबाट सहयोग पाइने, विद्याथीहरुलाई समय राम्रो छ, प्रेम प्रसगंको लागि गरिएका प्रयास सफल हुनेछन। कार्यस्थलमा विवाद नगर्नु होला, धैर्यको फल मिठो पाइनेछ ।

(५) सिंह राशी

समय अनुकुल रहने छैन, मानसिक तनाव र चिन्ता दिने खालको समय छ, स्वास्थ्यको ख्याल राख्नुहोला, ग्रहले मानसिक असन्तोष,  नेत्र पिडा, पाइल्स, मूत्र रोग जस्ता समस्याको साथै अन्य शारिरिक पीडा  दिन सक्नेछ, उचित भोजन नहुने र पारिवारिक सुखमा कमि आउने, गरेका कार्यहरुमा जस नपाउने, खर्च वृद्धि हुन सक्ने योग छ, व्यवसायमा घाटा लाग्ने सम्भावना बढेको छ, कर्म गर्दा आरोप तथा अपमान पनि सहनुपर्ने अवस्था आउन सक्छ ।

(६) कन्या राशी

राम्रो समय छ । आजको दिन सुख र आनन्दमय रहनेछ । पारिवारिक तथा भौतिक सुख पाइने, उत्तम खानपानमा हुने, धन लाभ हुने तथा उपहार आदि प्राप्त हुने, शरीरमा आरोग्यता प्राप्ति, स्त्रि सुख तथा दाम्पत्य सुख प्राप्त हुने, लाभकारी घटनाहरु घटन सक्ने दिन भएकोले प्रयास चाँही अवश्य गर्नुहोला,

(७) तुला राशी

समय प्रतिकुल हुन सक्छ । रिस गर्नेहरुले गोप्य रुपमा कुरा काटने छन्, अपमान बाट जोगिनु होला, कार्यमा बाधा आउन सक्ने भएकोले ध्यान दिनु पर्नेछ, शोक तथा कष्टको पनि योग चलिरहेको छ । खर्च माथि नियन्त्रण गर्नुहोला, शारिरिक पीडा तथा मानसिक व्यथाले सताउन सक्छ । आफन्त साथीभाइ वा नजीकका हरुले तँपाइलाइ नबुझिदिँदा समस्या उत्पन्न हुन सक्छ, अरुको डाहाको शिकार हुनुपर्ने अवस्था आउन सक्ने भएकोले अलि सचेत रहनुहोला, नयाँ सामान खरीद वा लगानी को लागि आज राम्रो छैन । विवादबाट आज टाढा रहनु भएमा तथा सकारात्मक सोचले नै तँपाइको दिन सुखद हुनेछ।।

(८) वृश्चिक राशी

दिन राम्रो छ, मन प्रफुल्लित रहने छ, धन लाभ, आयस्रोतमा बृद्धि, पाहुनाहरुसँग सामाजिक रमाइलोमा समय बित्ने छ, उत्तम तथा मिठो खानपानमा सहभागि भइने, भाइ बहिनी, मित्रहरुको सहयोग पाइने, पारिवारिक सुख तथा महिलाहरुसँग को सम्पर्कले लाभ दिनेछ, दाम्पत्य जीवन सुखमय रहनेछ, सन्तान पक्षबाट सुख पाइनेछ, व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ, लगानीको लागि आज दिन राम्रो छ ।

(९) धनु राशी

दिन राम्रोछ । चिताएको कार्य पूरा हुने योग छ । सरकारी काम कारवाहीमा सहयोग पाइनेछ,  वा तँपाइको कार्यको प्रशंसा अरुले गर्ने छन ।  मान सम्मान र पदोन्नतिको समय पनि चलेको छ प्रयास गर्नुहोला, पारिवारिक सुख र दाम्पत्य सुख राम्रो रहनेछ, शत्रुहरु पराजित हुनेछन । विद्यार्थीहरुलाइ आज समय राम्रो रहनेछ

१०) मकर राशी

व्यर्थको काममा मा अलमलिनु पर्ने अवस्था आउन सक्छ, अथवा समय अनुत्पादक रुपमा खेर जान सक्छ । स्वास्थ्यका ख्याल गर्नुहोला,  विगतमा छातीको समस्या हुनेहरुले विशेष ध्यान दिनुपर्नेछ, सरकारी काम कारवाही, दन्ड जरिवाना जस्ता कानूनी झमेलाबाट गुज्रिनु पर्ने सम्भावना छ, सन्तान सँग मतभेद अथवा सन्तान पक्षबाट चिन्ता पर्न सक्छ, व्यवसाय गर्नेहरुलाई आज दिन उपयक्त छैन, लगानीलाइ आज थाँती राख्नु होला, । विद्यार्थीहरुले पढाइमा मेहनत गर्नै पर्ने अवस्था छ । 

(११) कुम्भ राशी

स्वास्थयको ख्याल राख्नु पर्ने दिन छ । यात्रामा असुविधा, पाचनमा गडबडी, श्वास प्रश्वास, रुघा खोकि, निमोनिया आदि छाती जन्य रोगहरुबाट सावधान रहनु होला । झगडा, विवादबाट बच्नुपर्ने दिन छ, मन अशान्त रहन सक्छ, टाइममा खानपान नहुने अथवा जथाभावीको भोजनले  हानी गर्न सक्छ, धन हानी र अचानक पीडा कष्ट पर्ने योग पनि छ ।

(१२) मीन राशी

दिन राम्रो छ । धन लाभ भइ आर्थिक पक्ष बलियो हुनेछ, सानो सानो लाभदायक भ्रमण हुन सक्छ, स्वास्थ्य राम्रो रहनेछ, उत्तम खानपान, दाम्पत्य सुख, रतिसुख, भोग बिलासमा मन जाने वा समय बित्नेछ । वाहन सुख अथवा अन्य भौतिक संशाधनको खरीद हुने सम्भावना छ, मान सम्मान र ख्यातिमा पनि बृद्धि हुने योग आएको छ । मुद्दा मामिला लगायत अन्य कुराहरुमाविजय प्राप्ति हुन सक्छ । व्यापार व्यवसाय मा लाभ, लगानीलाई समय उत्तम रहनेछ ।।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope