म्यानमारमा सैनिक ‘कु’, १ वर्षसम्म संकटकालको घोषणा


एजेन्सी । दक्षिणपूर्वी एशियाली देश म्यानमारमा पुन: सैनिक ‘कु’ भएको छ । म्यानमारको सेनाले सत्तारूढ दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी  सर्वोच्च नेता आङ सान सू चीलाई हिरासतमा लिएको छ ।

राजधानी नेपिटाप र मुख्य शहर याङ्गुनका सडकमा ठूलो संख्यामा सैनिकले गस्ती गरिरहेका छन् । सेनाले १ वर्षसम्म संकटकालको घोषणा गरेको छ ।

राष्ट्रपति विन मिन्ट, सरकारका सबै मन्त्रीहरू, मुख्यमन्त्री, सांसदहरू, एनएलडीका वरिष्ठ नेताहरूलाई सेनाले नियन्त्रणमा लिएपछि संचार सम्पर्क विच्छेद भएको म्यानमारबाट नेपाली पत्रकार दीपक भट्टराईले ट्वीट गरेर जानकारी गराएका छन् ।

राति २ बजेदेखि सेनाले नियन्त्रणमा लिएको अवस्थालाई भट्टराईले नेपालमा २०६१ माघ १९ को घटनासँग तुलना गरेका छन् ।

भट्टराईका अनुसार बर्मेली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी, त्यहाँका विश्लेषकहरूले भने देशमा ‘कु’ नभै संकटकाल मात्रै लागेको बताएका छन्

केही समयअघि देखि सरकार र सेनाबीच राजनीतिक तनाब बढ्दै गएको थियो । तनाबका बीच सत्तापलटको आशंका गरिएको बीबीसीले उल्लेख गरेको छ

सत्तारूढ एनएलडीले गत नोभेम्बरमा भएको निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरेको थियो । कुल ४७६ सिटमध्ये एनएलडीले ३९६ सिट जितेको थियो । सेना समर्थक पार्टीले भने ३३ सिटमा खुम्चिएको थियो ।  सेनाले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएको थियो । सेनाले अब आज सोमबार बस्ने भनिएको संसद बैठकलाई रद्द गरेको छ ।

म्यानमारमा सन् १९६२देखि सन् २०११ सम्म सैनिक शासन चल्दै आएको थियो । नेतृ सु की कैयौं वर्षसम्म घरमै नजरवन्दमा राखिएकि थिइन । तर, पछि सेनासँग सहमति भएपछि लोकतान्त्रिक पद्दतिद्वारा सन् २०१५मा जननिर्वाचित सरकार र संसद स्थापना भएको थियो । नेतृ सु की देशको सर्वोच्च नेतृ बनेकी थिइन भने सेना र राजनीतिक दलहरू सम्मिलत संसद एवं एनएलडी नेतृत्वमा सरकार बनेको थियो  ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope