म्यानमारकी नेतृ आङ साङ सुकी सेनाकाे हिरासतमा, सत्ता परिवर्तन भएकाे आस‌ंका

१९ माघ २०७७, सोमबार ०७:२८

एजेन्सी, माघ १९ । म्यानमारकी डेमोक्रेटिक नेतृ आङ साङ सुकीलाइ त्यहाकाे सेनाले पक्राउ गरेकाे छ ।

उनलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ परेकी हुन । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ ।

सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले नोभेम्बर महिनामा भएको चुनावमा फराकिलो मतले जित निकालेको थियो । तर सेनाले भने यो चुनावमा धाँधली गरेको दाबी गर्दै आएको थियो । सेनाले म्यानमारमा आजको संसद बैठक स्थगित गर्न आह्वान गरेको छ ।

नेशनल लिग फर डेमोक्रेटिक पार्टीका प्रवक्ताले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको बताएका रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अहिले म्यानमारको राजधानी नेपिटाव र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थित रहेको छ ।

राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ । सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताउनु भएको छ । सुकीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.