अब हामी बिजुली बेच्‍नेछौं : प्रधानमन्‍त्री ओली

१९ माघ २०७७, सोमबार १९:३२

काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीले केही वर्षमा नेपालले बिजुली बेच्‍ने बताएका छन्।

दैनिक १८ घण्टा लोडसेडिङको मार खेपेको नेपालले वि.स. २०७९/८० सालसम्ममा बिजुली बेच्‍न तयारी रहेको उनले बताए। 

नेपाल विद्युत प्राधिकरण ढल्केबर सवस्टेसनको समुद्घाटन गर्दै प्रधानमन्‍त्रीओलीले अब भारत, बंगलादेशलगायतका देशलाई बिजुली बेच्‍ने बताए। “अब हामीले बिजुली किन्‍नु पर्दैन्। बरू हामी भारतलाई बेच्छौं। बंगलादेशलाई बेच्छौं। विद्युत विक्री सम्बन्धमा गम्भीर छलफल चलाइरहेका छौं,” प्रधानमन्‍त्री ओलीले भने। 

आजभोली प्राविधिक कारणले पनि बत्ति जाँदा लोडसेडिङ भन्‍ने गरेको भन्दै प्रधानमन्‍त्री ओलीले लोडसेडिङ २०७५ सालतिर नै अन्त्य भइसकेको बताए। “झ्याप्प बत्ती जाने लोडसेडिङ होइन्। हामीले २०७५ साल जेठमै लोडसेडिङ अन्त्य गर्‍यौं। उद्योगधन्दा, व्यवसाय, कलकारखाना जसलाई जति बिजुली चाहिन्छ, त्यति बिजुली उपलब्ध गराउँछौं,” प्रधानमन्‍त्री ओलीले भने।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.