नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षकहरु नायव प्रहरी उपरीक्षमा बढुवाका लागि सिफारिस


काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक र नायव प्रहरी उपरीक्षकहरुको बढुवा भएसँगै रिक्त भएको ४६ नायव प्रहरी उपरीक्षक पदमा प्रहरी निरीक्षकहरुको बढुवा गर्न सिफारिस गरिएको छ ।

नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका हुन् । आइतबार बसेको बढुवा समितिले रिक्त रहेको जनपदतर्फको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एआईजी निरजबहादुर शाहीका अनुसार बरियता क्रममा चिरन्जिवि दाहाल पहिलो र रेशम बोहरा दोश्रो नम्बरमा बढुवा भएका छन्। यस्तै भोला कुमार भट्ट, सुरज कार्की क्रमशः तेश्रो र चौथो नम्बरमा बढुवा भएका छन्।

नेपाल प्रहरीको जनपद तर्फ केही नायव प्रहरी उपरीक्षकको अनिवार्य अवकास र केही नायव प्रहरी उपरीक्षकमा बढुवा भएसँगै ४६ नायव प्रहरी उपरीक्षक पद रिक्त भएको थियो।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope