महिला लिगः चाैदण्डीगढी सुखद नतिजाकाे खाेजीमा

१९ माघ २०७७, सोमबार १०:३२

काठमाडाैं, माघ १९ ।  राष्ट्रिय महिला लिग फुटबलमा आज विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी तथा एपीएफ क्लब र उदयपुरकाे चौदण्डीगढी नगरपालिका क्लब खेल्दै छन् । 

खेल बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । अहिलेसम्म खेलेको चार खेलमा विराटनगरले दुईमा जित एकमा बराबरी र एकमा हार ब्यहाेरेको छ ।

विराटनगर तालिकाको सातौं स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा एपीएफ क्लब र उदयपुरकाे चौदण्डीगढी नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा नै दिउँसो साढे २ बजे हुनेछ । 

अहिलेसम्म खेलेका पाँच खेलमा पाँचौं खेल जितेको एपीएफ आज पनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ । चौदण्डीगढी भने चार खेलमा सबैमा हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.