आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

२० माघ २०७७, मंगलवार ०६:२९

आज मिति २०७७ साल माघ २० गते मंगलबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको २ तारिख, माघ कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, हस्ता नक्षत्र, पन्चमी तिथी, सुकर्म योग, कौलब करण, आज चन्द«मा कन्या राशीमा रहने छ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ३९ मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसो १२ बजेर १८ मिनेटबाट १ बजेर ३९ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसो ३ बजेर १ मिनेटबाट  ४ बजेर २२ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

(१)मेष राशी

व्यर्थमा अलमलिने खालको समय छ, सोचेको आँटेको काम पुरा नहुन सक्छ, शत्रुले दुख दिन सक्नेछन । मन अशान्त हुने, आयमा बाधा, धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । रोगव्याधिले सताउन सक्छ, सामाजिक छवि खराब हुन सक्ने योग चलेकोले आज विवादबाट टाढै रहनु होला । व्यवसायमा बाधा भएकोले लगानी गर्दा जानकारको सल्लाह लिनु होला । यात्रा गर्दा वा सवारी साधन चलाउँदा भने आज सावधान हुनु पर्नेछ ।

(२) वृष राशी

समय अनूकुल छैन, नखाएको विष लाग्न सक्छ, पारिवारिक मनमुटाव हुने, आफन्तहरुसँग विवाद, सम्पत्ति सम्बन्धि झमेला आउन सक्छ,  मन स्थिर रहने छैन, आज स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ र गृह कलह बाट आज टाढा रहनु होला,  व्यवसायमा गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ,

३) मिथुन राशी

मन प्रसन्न हुने खालको दिन छ । विविध प्रकारको लाभ को साथै गरेका कार्यहरुमा सफलता पाइने, मान सम्मान मा वृद्धि को साथै शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधा हटने,  कसै कसैलाइ छोटो दुरीको यात्राको अवसर प्राप्त हुने योग छ । नयाँ कार्यको शुरुवात को लागि दिन राम्रो छ । विद्यार्थीहरुको लागि समय उत्तम रहनेछ ।

(४) कर्कट राशी

दिन अनूकूल छैन । व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, मनमा गलत विचारहरु आउने । आज तँपाइको धन, घरपरिवारको लागि वा अचल सम्पत्ति खरीद गर्नमा खर्च हुन सक्नेछ । आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, अचानक हुने विवादले उग्र रुप लिने, चित्त दुख्ने स्थिति आउन सक्छ । मित्रसँग विवाद हुने वा मित्रले धोका दिन सक्ने । शारिरिक पीडा, चोटपटक दुर्घटना आदि हुन सक्ने सम्भावना पनि भएकोले सचेत रहनु होला,

(५) सिंह राशी

उत्साहजनक दिन छ, मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने योग छ । दिमागमा महत्वाकाँक्षी विचारहरुले सकारात्मक रुपमा उर्जीत गर्नेछ । रमाइलो खानपान र पारिवारिक भलाकुसारी हुन सक्नेछ । रोग र ऋणबाट राहत प्राप्त हुने दिनको रुपमा रहेकोले प्रयास चाँही गर्नु होला । मित्रहरुले सहयोग गर्नेछन,  घरमा विवाह सम्बन्धि कुरा चल्न सक्नेछ, व्यापार व्यवसायमा परिवर्तनलाइ राम्रो समय छ, नयाँ शूरुवात गर्न लागेको हो भने गर्दा हुन्छ,

(६) कन्या राशी

शारिरिक शिथिलताले दिन अमिलो बनाउन सक्नेछ, पराक्रममा कमी आउने, आर्थिक परेशानी हुनसक्ने भएकोले सावधान रहनु होला ।। परिवारमा देखा परेको असममmदारी ले मानसिक अशान्ति र छटपटि बढन सक्नेछ, व्यापार व्यवसायमा ऋण लिनु पर्ने अवस्था आउन सक्ने भएकोले एकचोटि चिना देखाउनु होला,

(७) तुला राशी

शुभ समाचारहरु आउन सक्ने दिन छ । संवाद र छलफलले ठूलो समस्याबाट मुक्त हुन मद्दत गर्नेछ, उनीहरुको सहकार्यले तँपाइका योजना र लक्ष्यहरुलाइ फरक ढंगबाट हेर्ने दृष्टिकोण प्राप्त हुनेछ र अडकिएका कार्यहरुले गति लिनेछ । आज भोग विलास, खानपान वा रमाइलो जमघटमा रुचि जाग्न सक्छ, आय स्रोतको नयाँ बाटो फेला पर्न सक्ने सम्भावना भएकोले प्रयास चाँही निरन्तर गर्नुहोला,  मनमा धेरै कुरा सोच्ने बानीलाइ त्याग गर्न सक्नुभएमा दिन सुखमय बित्नेछ । विवादबाट भने आज टाढा  रहनु होला ।

(८) वृश्चिक राशी

दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा तँपाइको खुबिको अरुले प्रशंसा गर्ने छन । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ ।  जेष्ठ नागरिकको  आशिर्वाद र सहयोग लिनु होला, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुन राम्रो समय आएको छ ।

(९) धनु राशी

सावधान हुनुपर्ने खालको दिन छ  । मान प्रतिष्ठामा नसोचेको धक्का लाग्ने सम्भावना छ । भाग्यमा अवरोध आइरहेकोले  बिना कारण झगडा हुने,  नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला ।  मित्रहरुसँग वा सहकर्मीहरुसँग वा नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद बाट बच्नु होला छोटो दुरीको निरर्थक भ्रमण हुने योग पनि देखिएको छ । पार्टनरशीप व्यवसायमा समस्या आउन सक्छ । दाम्पत्य सुखमा बाधा कलहको योग आएको छ,

१०) मकर राशी

आफ्नो हैसियतलाइ नबिसिर्नु होला, दिन सोचे नहुन सक्छ । कष्टदायी अनुभव हुने, रोगले सताउने, चिन्ता पर्ने , धन हानी, अरुसँग विवाद र झगडा आदि हुने योग छ ।  मनमा केही कुराको डर लागिरहने हुन सक्छ ।  पारिवारीक मmमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । बोलिको कारणले बनिसकेको काम विग्रन सक्छ ।  दाम्पत्य सम्बन्ध जोगाउन, गुप्त सम्बन्धबाट टाढा  रहनु पर्नेछ । जागीर वा व्यवसायमा परिर्तन को संकेत देखिन सक्छ ।

(११) कुम्भ राशी

समय  उत्तम छ  । धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोग विलास मनोरन्जन र स्त्री सुखमा रुचि बढन सक्छ ।  घरबाट टाढा जानु पर्ने अवस्था अथवा टाढाको मान्छेसँग भेट हुने सम्भावना लाई पनि नकार्न सँकिदैन,

(१२) मीन राशी

दिन राम्रो रहनेछ । धन लाभको स्थिती बन्नेछ, आँटेको काम पुग्ने , दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, शत्रु माथि विजय, रिण लाभको अवस्था आउन सक्छ, व्यापार व्यवसायमा लाभ, लगानी लाई आज समय उत्तम छ, नयाँ नौलो मान्छेहरुसँग भेटघाट हुने र त्यसको दुरगामी फाइदा हुने सम्भावना पनि बलियो छ,

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.