डोजर लगाएर भत्काइयो कमलपोखरी प्रहरीको कार्यालय

२० माघ २०७७, मंगलवार १५:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय भत्काएको छ। 

आज काठमाडौं महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिए। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.