महिला लिगमा आज वालिङ र चन्द्रपुर खेल्दै

२० माघ २०७७, मंगलवार ०७:१४

काठमाडाैं, माघ २० । राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाकाे वालिङ नगरपालिका र रौतहटकाे चन्द्रपुर नगरपालिका खेल्दै छन् ।

खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म एक/एक खेलमात्रै जितेका छन् ।

अंक तालिकाको पाचौँ स्थानमा रहेको वालिङले एकमा जित, दुईमा बराबरी र दुईमा हार व्यहोरेको छ भने छैठौं स्थानमा रहेको चन्द्रपुरले एकमा जित र चारमा हार व्यहोरेको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.