कोरोना अपडेट : थप १४२ जनामा संक्रमण, १ को मृत्यु

२१ माघ २०७७, बुधबार १८:२१

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ४२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ । यीमध्ये २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर कोरोना संक्रमण जित्नेहरुको संख्या पछिल्लो २४ घण्टामा २ सय ६ जनाले कोरोना जितेका छन् । मन्त्रालयकाअनुसार अहिलेसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ६७ हजार ६५ जना पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ हजार ३१ जना पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.