आज मिति २०७७ साल माघ २१ गते बुधबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको ३ तारिख, माघ कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, चित्रा नक्षत्र, षष्ठी तिथी, शुल योग, वणिज करण, आज चन्द«मा बिहानको ११ बजेर ५२ मिनेटबाट कन्या राशी बाट तुला राशीमा प्रवेश गर्नेछ, आजको अमृत समय बिहानको ८ बजेर १२ मिनेटबाट ९ बजेर ३४ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसो १२ बजेर १८ मिनेटबाट १ बजेर ३९ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।
(१)मेष राशी

दिउँसो १२ बजेपछि दिन राम्रो रहनेछ, सुख शान्ति प्राप्त हुने, विवादमा सफलता, शत्रुबाधाबाट मुक्त भइने, कतैबाट धन अथवा सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, नजिकका व्यक्तिहरुबाट माया प्रेम पाइने अथवा आफूले अभिव्यक्त गर्न सकिने सम्भावना छ । साझेदारी कार्यमा लाभ लिने खालको दिन छ, विवाहसम्बन्धि आइरहेका अप्ठयाराहरुलाई आज समाधान गर्ने अवसरको रुपमा लिनुहोला,
(२) वृष राशी
अपरान्ह पछि लाभ, कार्य सफलता, स्वास्थ्य राम्रो, मनोरन्जनमा समय बित्न सक्ने, अचानक धन प्राप्ति, रति सुखको प्राप्ति, धन धान्यको प्राप्ति, सन्तानको प्रगति, बन्धुजनबाट सुख, लगायत मन प्रफुल्लित हुने खालका क्रियाकलाप हुन सक्छन । कसै कसैलाई आफनै घरमा पाहुना सत्कार तथा उत्तम खानपानमा व्यस्त हुनु पर्ने अवस्था आउन सकछ।
(३) मिथुन राशी
अपरान्ह पछि दिन सोचे जस्तो नहुने योग छ , शोक वा चिन्ताले गाँज्ने, कार्य हानी, मार्गमा हानी, अशान्ति, कुनै कुराप्रति अनावश्यक आसक्ति बढन जाने योग छ , साथै शारिरिक कष्ट, स्वास्थ्यमा बाधा वा धपेडी पर्ने योग रहेकोले बिशेष सावधानी अपनाउनु होला, लामो छोटो यात्रा गर्दै हुनुहुन्छ भने आज ख्याल गर्नुहोला,
(४) कर्कट राशी
अपरान्ह पछि दिन अनूकूल छैन । मन अस्थिर वा चन्चल रहने, कुनै कुराको भयले सताउने, शारिरिक पिडा, आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । खानपान तथा निद्रामा असुविधा आउने, कसैकसैलाइ जल तथा महिलावर्गबाट पिडा प्राप्त हुने योग छ ।
(५) सिंह राशी
दिन राम्रो रहने छ । अप्ठयारो कुराहरुबाट विजय प्राप्त हुने, आर्थिक लाभ, वस्त्र तथा अन्य भौतिक सामग्री सुख प्राप्ति, शत्रुबाधा हटने, स्वास्थ्य उत्तम रहने, तँपाइको धैर्यले आज तँपाइलाइ मन प्रसन्न गराइ सुख प्रदान गर्नेछ । समग्रमा दिन सुखद छ ।
(६) कन्या राशी
दिन प्रतिकुल छ । मानसिक असन्तोष, नेत्र पिडा हुने अथवा घाँटीभन्दा माथि समस्या आउन सक्ने, अपरान्ह पछि कामहरु बिग्रन सक्ने भएकोले कर्म क्षेत्रमा अलि सावधानि अपनाउनु होला, आज आफनो नजीकका सँग विवादबाट बच्नु होला, कसैको पक्ष मा नलाग्नु नै बेश हुनेछ, तँपाइको रिस गर्नेहरुले बढन सक्छन, लगानी सम्बन्धि कार्यलाइ आज अगाडि नबढाउनु भएमा राम्रो ।
(७) तुला राशी
दिन राम्रो हुनेछ, भाग्यले साथ दिने, रोगव्याधिबााट मुक्ति, भोग विलासा तथा विविध सुखको प्राप्ति, मित्रबाट फाइदा हुने अथवा लाभ र मान सम्मान प्राप्त हुने योग छ । फरक खालको वा विशेष खानपीन हुनसक्ने, रमाइलो जमघटमा सरीक हुन पाइने, अथवा आदर सत्कारमा सरीक हुन पाइने सम्भावना पनि छ । आज दाम्पत्य सुखको साथै घरायसी सुखमा ध्यान जान सक्ने, अथवा व्यवसायिक लाभ मिल्ने खालको दिन छ । उमेर पुगेका अविवाहित हुनु हुन्छ भने विवाह सम्बन्धि कुराहरु चल्न सक्ने सम्भावना पनि छ, व्यवसायी वर्गलाइे दिन राम्रो रहनेछ,
(८) वृश्चिक राशी
कामहरु बिग्रन सक्ने भएकोले कर्म क्षेत्रमा अलि सावधानि अपनाउनु होला, आज आफनो नजीकका सँग विवादबाट बच्नु होला, कसैको पक्ष मा नलाग्नु नै बेश हुनेछ, अनावश्यक खर्च, शोक कष्ट पर्ने, मानसिक तथा शारिरिक व्यथाले सताउने, कदर नहुने, कार्य बाधा, द्रव्य हानीको योग छ । नाता कुटुम्बीहरुबाट घृणा वा सहयोग नपाइने सम्भावना छ । लगानीलाइ समय प्रतिकुल छ ।
(९) धनु राशी
अपरान्ह पछि दिन शुभ रहनेछ । मन प्रसन्न हुने, ईच्छित फल पाउने । धन तथा द्रव्य लाभ, भौतिक तथा मानसिक सुख पाइने, आफन्त वा पाहुनाहरुको आगमन हुने, वा भोजभतेर तथा खानपीनमा सरीक भइने योग छ , रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा लाभको स्थिती वा एक भन्दा बढी क्षेत्रमा प्रयास गरिने अवस्था आउन सक्छ, अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ ।
१०) मकर राशी
शुभ फल प्राप्त हुने खालको दिन छ । चिताएको पुग्ने वा शुभ समाचार प्राप्त हुने योग देखिएको छ । कार्य सफलता, उत्तम स्वास्थ्य स्थिीती परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको लागि योजना थालनी गर्न सक्नु हुन्छ । सरकारी सेवामा हुने हरुलाई लाभ मिल्ने योग छ । पहिले देखि प्रयास गरिरहनु भएको छ भने आय स्रोतको नयाँ सम्भावना पनि फेला पर्न सक्छ, निवेशको लागि समय उत्तम छ ।
(११) कुम्भ राशी
दिन सोचे अनुरुप नहुन सक्छ, शारिरिक कष्ट वा धपेडी पर्ने योग रहेकोल स्वास्थ्यको विशेष ख्याल गर्नु होला, कृष्ण पक्षको चन्द्रमा हो भने कानूनी झमेलाको सम्भावना छ, भाग्यले आज अलि कन्जुस्याई गर्नेछ । सन्तान पक्षबाट समस्या वा तनावको स्थिति आउन सक्छ, व्यवसाय हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने पनि हुन सक्छ, कसै कसैलाई स्थान छोडनु पर्ने वा टाढाको यात्रा गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
(१२) मीन राशी
१२ बजेपछि समय अनूकूल छैन । नखाएको विष लाग्ने अथवा नसोचेको आरोप लाग्ने सम्भावना छ । स्वास्थयमा विषेश सतर्कता अपनाउनु होला खानपान तथा भोजनमा समस्या वा अपचको स्थितीले चिन्ता थपिन सक्छ ।। विवाद तथा मनमुटाव आदि हुने योग भएकोले सचेत रहनु पर्नेछ । निरर्थक भ्रमण नहोला भन्न सकिँदैन,
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com