जेफ बेजोसले यस वर्षको अन्तिममा अमेजनको सीइओ पदबाट राजीनामा दिने

२१ माघ २०७७, बुधबार ११:३३

एजेन्सी, माघ २१ । अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले यस वर्षको अन्तिममा प्रमुख कार्यकारी पद ‘सीइओ’ बाट राजीनामा दिने घोषणा गरेका छन् ।

बेजोस आगामी जुलाई एकदेखि कम्पनीको कार्यकारी अध्यक्षको भूमिकामा मात्रै रहने भएका हुन् । बेजोस स्थापनाकालदेखि नै अमेजनको सिइओ थिए ।

सन् १९९५ मा बेजोसले खोलेको अमेजनको बजार मूल्य १७ अर्ब डलर पुगेको छ । बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोडेका छन । उनी २०२० मा संसारका सबैभन्दा धनी व्यक्ति थिए ।

केही समय अघि बेजोसको सम्पत्ति २ सय अर्ब डलरभन्दा माथि थियो । अहिले उनीसँग १ सय ८७ अर्ब डलर छ । उनले सामाजिक काममा पनि खर्च गर्दै आएका छन् ।

अमेजनको नयाँ ‘सीईओ’ एन्डी ज्यासी हुने बताइएको छ । बेजोसले राजीनमा दिने घोषणा गरेपनि अमेजनको सेयरमा केही असर परेको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.