कोरोनासँग जुध्न बेलायतलाई लाखौं डलर सहयोग गर्ने टमको कोरोनाकै कारण निधन

२१ माघ २०७७, बुधबार ०९:३१

एजेन्सी, माघ २१ । कोरोना भाइरससँग जुध्नको लागि बेलायतलाई लाखौं डलर सहयोग गर्ने क्याप्टेन सर टम मूरेको कोरोनाकै कारण निधन भएको छ ।

टमको गयराति उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

एक सय वर्षका टमले ३३ मिलियन पाउण्ड एनएचएस च्यारिटीको लागि रकम जम्मा गरेका थिए । टमको निधनमा बेलायतकी महारानीले समवेदना व्यक्त गरेकी छिन् ।

महारानीले टमको योगदान सराहनीय रहेको र विश्वलाई नयाँ तरिकाले बाँच्न सिकाएको प्रतिक्रिया दिएकी छिन् । टम एक हप्ताअघि कोरोना संक्रमणको सिकार भएका थिए ।

सेनाबाट अवकाश पाएका टमले सयौँ जन्मदिन अगाडि आफ्नो बगैँचाको एक फन्को मारेर ठूलो रकम चन्दा उठाएका थिए । उनलाई एउटा विशेष समारोहमा महारानी एलिजावेथले सम्मान पनि गरेकी थिइन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.