प्रचण्डलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश


काठमाडौं। नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गर्दै सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश भएको छ। 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतलाई लक्षित गरी बोल्नुको कारण लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो। 

अधिवक्ता समीर हायुले दाहालले विराटनगरमा आयोजना गरिएको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अदालतको अवहेलनामा सोमबार  निवेदन दर्ता गरेका हुन् । 

“सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं,” दाहालले भाषणमा भनेका थिए । 

न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope