ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

२१ माघ २०७७, बुधबार ०९:०४

काठमाडाैं, माघ २१ । ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना आजदेखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटकाे अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ ।

आज महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.