काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ३९ हजार दुई सय ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा १४ हजार चार सय २३ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ४३ लाख ७२ हजार एक सय १३ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २२ लाख ६१ हजार नौ सय ७० जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख १० हजार सात सय ८१ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ तीन हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ ।
बेलायतमा थप १६ हजार छ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार चार सय ४९ जनाको मृत्यु भएको छ ।
भारतमा ११ हजार जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा भारतमा एक सय १३ जना संक्रमितको मृत्यु भएको छ ।
ब्राजिलमा थप ५६ हजार दुई सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार दुई सय ४० जनाको मृत्यु भएको छ ।
रूसमा पछिल्लो २४ घण्टामा १६ हजार आठ सय ४० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय ३९ जनाको मृत्यु भएको छ ।
यस्तै, दक्षिण अफ्रिकामा दुई हजार छ सय ४९, कोलम्बियामा १० हजार ९१, मेक्सिकोमा पाँच हजार चार सय ४८, इरानमा छ हजार आठ सय २०, फ्रान्समा २३ हजार तीन सय ३७, स्पेनमा २९ हजार ६४, जर्मनीमा सात हजार छ सय २७, इटलीमा नौ हजार छ सय ६० तथा अर्जेन्टिनामा नौ हजार हजार छ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com