काठमाडौं । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरिएको छ ।
आज आम हड्ताल आव्हान गरेको दाहाल- नेपाल समूहका कार्यकर्ताले ट्याकसीमा आगजनी गरेका हुन् ।

प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । ट्याक्सी धादिङका खुम्बु श्रेष्ठको रहेको बताइएको छ । ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ ।
हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै कम चलेका छन् । काठमाडौंका चोक चोकमा बाक्लो रुपमा प्रहरी परीचालन गरिएको छ । ठाउँ ठाउँमा बन्द कर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।
बिहानै देखि हड्ताल सफल बनाउन बन्द गराउँदै हिडेका ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले दाहाल-नेपाल समूहका ५६ जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै दाहाल-नेपाल समूहले आज देशब्यापी आम हड्तालको घोषणा गरेको हो ।
काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गराउँदै हिड्ने ५६ जना प्रहरी नियन्त्रणमा
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com