काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानाभित्र थुन्ने चेतावनी दिएका छन् ।
नारायणहिटी राजदरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलनलाई नेपालको कानुनले बर्जित गरेको हुँदा उनीहरुलाई जाउलाखेलको चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् ।

थापाले भने, ‘दुई तिहाई बहुमतको पार्टीलाई छिन्नभिन्न बनाउन चाहने ती गुटवादी फुटवादीहरुलाई म भन्न चाहन्छु, तपाईंहरुको स्थान चिडियाखाना हो ।’
थापाले अहिले फुटवादीहरुले अस्थिरता र प्रतिगमन सुरु गरेको बताउँदै उनीहरु विरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरे ।
‘अहिलेको अस्थिरता र प्रतिगमन पार्टी नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ । दुई तिहाई बहुमतको नेतृत्व हटाउन खोज्ने षड्यन्त्रसँग जोडिएको छ’, थापाले भने, ‘यो अस्थिरता सम्माननीय राष्ट्रपतिलाई मानमर्दन गर्ने षड्यन्त्रसँग जोडिएको छ । यो परिस्थितिको सामाना गर्नका लागि जनतालाई आन्दोलित गरेर मात्र सम्भव छ ।’
थापाले फुटवादीहरुले नेतृत्वले आत्मसमर्पण गरेन भनेर विस्थापित गर्न षड्यन्त्र गरेको भन्दै उनीहरुको षड्यन्त्र कहिल्यै पुरा नहुने दाबी गरे ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com