संवैधानिक आयोगको नियुक्ति खारेजीको माग गर्दै सभामुख सापकोटा सर्वोच्च अदालतमा

२३ माघ २०७७, शुक्रबार ११:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न पुगेका छन् ।

रिट निवेदन दायर गर्न शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएको सभामुखका प्रस संयोजक श्रीध। न्यौपाले बताए । प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संवैधानिक आयोगमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै सभामुखले रिट दायर गर्न लागेको न्यौपानेले बताए।

सभामुखसहित शशी श्रेष्ठ, रेखा शर्मा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका प्रतिनिधि सभाका सदस्यहरुपनि सर्वोच्च पुगेका छन्।

रिट निबेदनका सम्बन्धमा सभामुख सापकोटाले केही समयपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताइएको छ। सभामुख सापकोटाले संवैधानिक परिषदबाट संसदीय सुनुवाइका लागि प्राप्त सिफारिस पत्रलाई संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिसको पत्र सक्कल समेत फिर्ता पठाएका थिए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संवित्रान विपरित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरि सफथ समेत खेवाएका थिए ।

यसको विरोधमा प्रचण्ड-नेपाल पक्षको नेकपाले आम हड्ताल नै गरिसकेको छ भने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजले समेत विरोध जनाउँदै आएका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.