२०७७ माघ २४ शनिबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?


आज मिति २०७७ साल माघ २३ गते शुक्रबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको ५ तारिख, माघ कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, बिशाखा नक्षत्र, अष्टमी तिथी, वृद्धि योग, कौलब करण, आज चन्द«मा दिउँसोको २ बजेर ९ मिनेटसम्म तुला राशीमा रहने छ, त्यसपछि वृश्चिक राशीमा प्रवेश गर्नेछ । आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ। आजको अमृत समय बिहानको ९ बजेर ३४ मिनेटबाट १० बजेर ५६ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानको १० बजेर ५६ मिनेटबाट  १२ बजेर ४० मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

(१) मेष राशी

अपरान्ह सम्म दिन राम्रो रहनेछ, कार्य क्षेत्र लगायत अन्य कुराहरुमा प्रयास गर्दा सोचे अनूरुप हुन सक्छ । तर अपरान्ह पछि समय कष्टकर खालको हुनेछ । कार्यमा ढिलाइ हुने वा मmन्मmट बेहोर्नु पर्ने, मानसिक चिन्ता अथवा भयले सताउने, खानपान र स्वास्थयमा गडबडी आउन सक्छ । अनावश्यक खर्च, झगडा, र विवाद बल्झिन सक्छ, रोजगार सम्बन्धि समस्याले अथवा पारिवारीक समस्याले मन खिन्न हुनेछ,  सवारी साधन सावधानीपूर्वक चलाउनु होला, वैदेशिक व्यापार तथा लगानीको लागि भने समय राम्रो छ ।

(२) वृष राशी

समय राम्रो रहने छ । वैवाहिक सुख, पारिवारिक जमघट, वाणिज्य र व्यवसायमा लाभ, पार्टनरशीपमा व्यवसायमा राम्रो हुने, प्रेम सम्बन्ध तथा दाम्पत्य जीवन आनन्दमय हुने , भोग विलास  मनोरन्जनमा रुचि जान सक्नेछ । व्यवसायमा रोकिएको कार्यहरु बन्न सक्नेछन् । शत्रुजनित पीडाबाट मुक्ति पाइने छ । शेयर तथा व्यापार व्यवसायमा राम्रो लगानी हुने योग छ ।

(३) मिथुन राशी

अपरान्ह पछि दिन राम्रो रहनेछ । कार्य बोझ बाट मुक्त भइने छ, स्वास्थ्य राम्रो रहने, आदर सत्कार र आनन्द प्राप्त हुने खालको दिन छ, गुप्त शत्रुहरु पराजित हुनेछन, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा सोचे अनुसार हुनुको साथै पारिवारिक सुख पाइने योग देखिएको छ, कार्य स्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ । लगानीको लागि दिन उत्तम रहनेछ

(४) कर्कट राशी

२ बजेभन्दा अगाडि दिन प्रतिकुल भएपनि अपरान्ह पछि भने दिन शुभ रहने छ । कार्य सफलता, स्वास्थय लाभ, धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पीडाबाट मुक्ति, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोग विलास मनोरन्जन र स्त्री सुखमा रुचि बढन सक्छ । 

(५) सिंह राशी

अपरान्ह पछि दिन प्रतिकुल रहनेछ । विश्वास गरेकाहरुले निराश गर्नेछन्, धन, पैतृक सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, रोगव्याधि तथा शत्रुपक्षबाट पनि सतर्क रहनुहोला, पारिवारिक तथा घरेलु झगडा, कार्य हानी, भोजन तथा निद्रामा असुविधा, मित्रहरुबाट घात हुन सक्ने, चोटपटक जस्ता कुराहरु हुन सक्छन् , आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला,

(६) कन्या राशी

दिन राम्रो रहनेछ, मनमा प्रशन्नता, घरायसी सुख तथा आदर सत्कारमा सरीक भइने, स्वास्थय उत्तम, धनलाभ वा धन सम्बन्धि सही ठाउँमा खर्च हुने, मित्र तथा बन्धु सुख प्राप्त भइ शत्रुजनित पिडाबाट छुटकारा मिल्ने सम्भावना छ, वस्त्र तथा भौतिक संशाधन लाभ तथा अन्य लाभकारी घटनाहरु हुन सक्नेछन । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, मिठो खानपान र रमाइलोसँग समय बित्ने योग छ । अरुले तँपाइको प्रशंसा गर्न सक्नेछन । सरकारी सेवामा हुनेहरुलाइ सोचेअनुरुप हुने योग छ, शत्रुमाथि विजय, सन्तानपक्षबाट सुख  विद्यार्थीवर्गलाई समय राम्रो । व्यापार व्यवसाय र लगानीको लागि पनि दिन राम्रो छ ।

(७) तुला राशी

अपरान्ह पछि मानसिक चिन्ता थपिन सकछ । उत्साहमा कमी आउने,। व्यर्थको श्रम, गलत ठाउंमा धन खर्च हुने, आफन्तहरुलाई अपठ्यारो पर्ने अथवा उनीहरुसँग वैमनस्यता बढन सक्ने, मनमा विकार आउने वा खिन्न हुने, कसै कसैको बोली वचन रुखो वा ठाडो पनि हुन सक्न भएकोले सचेत रहनु होला, खानपानको गडबडीले स्वास्थ्यमा पर्ने असरको हेक्का राख्नु होला। यात्रामा सावधानी अपनाउनु पर्नेछ र क्रोध विवाद र मmमेलाबाट चाँही आज बच्नु भएमा दिन सुखद हुन सक्नेछ 

(८) वृश्चिक राशी

अपरान्ह पछि दिन राम्रो रहने छ । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, मिठो खानपान र रमाइलोसँग समय बित्ने योग छ भोग विलासमा वा रमाइलोमा समय बित्ने, आरोग्य प्राप्ति, पराक्रममा वृद्धि, हरेक कार्यमा भाग्यले साथ दिएको महसुस हुनेछ । वस्त्र लाभ, आर्थिक लाभ तथा अन्य लाभकारी घटनाहरु हुन सक्नेछन ।। अरुले तँपाइको प्रशंसा गर्न सक्नेछन । पदोन्नतिको सम्भावता, मानसम्मान पाइने, शत्रुमाथि विजय, सन्तानपक्षबाट सुख  विद्यार्थीवर्गलाई समय राम्रो । व्यापार व्यवसाय र लगानीको लागि पनि दिन राम्रो छ ।

(९) धनु राशी

अपरान्ह पछि दिन प्रतिकुल हुनेछ । अशान्त चित्तले ग्रसित हुनुपर्ने योग छ, निद्रा बाधित हुने, खर्च बढने, धन वा आफन्त हानी, नचिताएको मानसिक तथा शारिरिक कष्ट हुने, खानापानमा अरुची अथवा समस्या देखा पर्ने, कार्यस्थलमा हानी, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्ने छन, मित्रहरुसँग सम्बन्ध विग्रने योग छ, सन्तान पक्षको ध्यान दिनुहोला, अस्पताल जानु पर्ने वा सो सम्बन्धि खर्च हुन सक्नेछ, कसै कसैलाई कुनै पुरानो गोप्य सम्बन्धको कारणले तनाव पनि उत्पन्न गराउन सकछ ।

(१०)मकर राशी

दिन राम्रो छ । प्रयास गरेको खन्डमा आर्थिक पक्ष बलियो बन्ने योग छ, व्यापारमा पर्याप्त लाभ, सन्तानपक्षबाट खुशी प्राप्त, विशेष रमझम र  खानपानमा सहभागी भइने, मित्र तथा बन्धुबान्धवहरु बिच रमाइलोमा समय बित्नेछ, स्वास्थय पक्ष राम्रो हुनेछ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन सक्नेछन । आफूले मान्नु पर्ने मान्छेहरुबाट फाइदा हुने योग चलेको छ ।

(११) कुम्भ राशी

अपरान्ह पछि दिन राम्रो रहनेछ, आत्मविश्वास बढने, विगतमा गरेको कुनै कार्यको सही मूल्याकंन हुन सक्नेछ, ख्याति पाइने वा अरुले कदर गर्ने आरोग्यता प्राप्ति,  धन लाभको स्थिती बन्ने, मित्रहरुको सहयोग पाइने वा लाभ पाइने, गरेका कार्यहरुमा सफल भइने,  नयाँ कार्यको थालनी हुने अथवा गरिरहेको काममा थप नयाँ शुरु हुने वा फरक ढंगले गर्न मन लाग्ने खालको दिन छ । सरकारी वा सार्वजनिक पद धारण गर्नेहरुलाई बिशेष लाभ मिल्ने बलियो सम्भावना छ,

(१२) मीन राशी

दिन प्रतिकुल छ । धन हानी, कष्टदायी अनुभव, पेटजन्य तथा अन्य रोगले सताउन सक्ने, अरुसँग विवाद र मनमुटाव आदि हुने योग छ ।  मनमा केही कुराले सताइरहन सक्छ ।  पारिवारीक मmमेला वा विवाद हुने, चिन्ता पर्ने , बनिसकेको काम विग्रने वा अधुरो छोडनु पर्ने योग छ ।  खराब तथा अनैतिक खालका गुप्त सोचहरुबाट टाढा  रहनु होला,  चोटपटक लाग्ने सम्भावना रहेकोले यात्रा गर्दा भने सावधानी अपनाउनुहोला । शैक्षिक तथा प्राविधिक क्षेत्रमा लाग्ने हरुलाइ भने दिन फलदायी रहन सक्छ, कसै कसैलाइ जागीर वा व्यवसायमा परिवर्तन देखिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope