फागुन ३ को प्रदर्शन व्यापक बनाउन देउवाको आग्रह

२४ माघ २०७७, शनिबार १८:५५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी फागुन ३ गते देशभर हुने प्रदर्शनलाई व्यापक बनाउन आग्रह गरेका छन् ।

आज भएको देशव्यापी प्रदर्शनमा सहभागीलाई धन्यवाद दिँदै देउवाले आगामी प्रदर्शन व्यापक बनाउन आग्रह गरे । देउवाले एक विज्ञप्ति जारी गर्दै आज देशभर प्रदर्शन गरेका शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिएका हुन् ।

उनले आगामी ३ गते देशभर ७७ वटै जिल्ला समितिले गर्ने प्रदर्शनलाई व्यापक बनाउन आग्ह पनि गरे ।

गत माघ १३ गतेको केन्द्रीय समिति बैठको निर्णयअनुसार कांग्रेसका ७७ वटै जिल्ला समितिले फागुन ३ गते सरकार र संसद विघटनविरुद्ध प्रदर्शन गर्दैछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.