काठमाडाैं उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ पर्‍याे

२४ माघ २०७७, शनिबार १८:०१

काठमाडाैं, माघ २४ । काठमाडाैं उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । बिहानदेखि बढेको चिसोका कारण काठमाडाैं उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दामनमा पनि हिउँ परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ । यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको महाशाखाले जनाएकाे छ ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान छ । भोलीदेखि भने मौसममा सुधार आउने महाशाखाले अनुमान लगाएकाे छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.