महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुँदै

२४ माघ २०७७, शनिबार ०६:५२

काठमाडौं । काठमाडौंमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदैछ ।

आज त्रिभुवनआर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ । लिगको पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

आर्मी १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ । पहिलो चरणको समाप्तिसम्म ६ खेलबाट १८ अंकसहित सशस्त्र प्रहरीको एपीएफ शीर्ष स्थानमा रहेको छ ।

विराटनगर १० अंकसहित तेस्रो स्थानमा पुगेको छ । पुलिस भने ८ अंकसहित चौथो स्थानमा झरेको छ । वालिङ नगरपालिका ८ अंकसहित पाँचौं, चन्द्रपुर नगरपालिका ३ अंकसहित छैटौं स्थानमा छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.