काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो, पूर्वी पहाडी क्षेत्रमा आंशिक वदली हुने

२५ माघ २०७७, आईतवार ०६:२३

काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव कायमै रहेको छ।

हाल प्रदेश १ का पहाडी भू–भागहरुको मौसममा आंशिक वदली रहेको छ।

आज विहान काठमाडौंको न्युनततम तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ को पहाडी भू–भागको मौसममा आंशिक वदली रहने सम्भावना छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू–भाग र गण्डकी प्रदेशका थोरै स्थानको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

बाँकी स्थानहरुको मौसम सामान्यतया सामान्य रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.