संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटाले दायर गरेको मुद्दाको आज सुनुवाइ हुँदै


काठमाडाैं, माघ २५ । संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा  दायर गरेको रिटमथि आज सुनुवाइ हुँदै छ । 

सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका हुन्। सो रिटको सर्वोच्च अदालतले आज पेसी तोकेको हो। पेसी कसको बेञ्चमा पर्ने भन्ने सर्वोच्च अदालतल आज  टुंगो लगाउने छ। 

राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ। रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुख सहित ३२ जना सबैलाई विपक्षी बनाइएको हो। 

संसदीय सुनुवाइ हुन नसकेको भन्दै सभामुख सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्‍मै फिर्ता पठाएका थिए।  तर त्यसका बाबजुद राष्ट्रपतिले नियुक्ति गरेपछि सभामुख आफै रिट लिएर सर्वोच्च अदालत पुगेका  हुन्।  

यसअघि २०७२ साल कात्तिक १८ मा न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ र २०७२ फागुन २३ गते निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्ति सिफारिस संसदीय सुनुवाइ नहुँदा संसदले परिषदमै फिर्ता पठाइदिएको थियो। यही नजिर देखाउँदै सभामुख सापकोटाले नियुक्ति बदरको माग गगरेका छन्।  

सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन आफू अनुकूल बनाएर मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्त्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको थियो। यसै बीच सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएकोले संविधानको रक्षार्थ सर्वोच्च अदालत गएको बताएका छन्।

सभामुख सापकोटाले संसदीय सुनुवाइ बिना नियुक्ती गरेर राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताएका छन्। उनले आफूले कागजात फिर्ता गरेपछि संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदा हुँदै नियुक्ति गरिनु संविधान विपरित भएको सापकोटाको दाबी छ। 

सभामुख सापकोटाले संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श गरिरहेको पनि बताएका छन्।  सभामुख सापकोटाले स्वेच्छाचारी ढंगले संविधान माथि खेलवाड गर्दै संविधान विपरितका काम थपिदै जाँदा भयावह अवस्थाको सिर्जना हुन सक्ने भन्दै आफूले त्यसो हुन नदिन प्रयास गरिरहेको बताएका छन्। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope