काठमाडौं, माघ २५ । साताको पहिलो दिन शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक र शेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड बनाएका छन् । आइतबार नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले बढेर २ हजार ५ सय २४ विन्दुमा पुगेको छ ।

जुन अहिलेसम्मकै उच्च हो । यस्तै कारोबार रकममा पनि अहिलेसम्मकै उच्च १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।
यसअघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीको रेकर्ड तोड्दै कारोबार रकममा दश अर्ब माथिको खरिद विक्री भएको हो ।
आइतबार लघुवित्तका लगानीकर्ताहरुले सवैभन्दा धेरै कमाएका छन् । आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने ९ प्रतिशत भन्दा बढी मूल्य बढ्ने कम्पनी थुप्रै छन् ।
आइतबार १ सय २५ कम्पनीको शेयर मुल्य बढुदा ३६ कम्पनीको भने घटेको छ १२ कम्पनीको शेयर मुल्य स्थिर रह्यो । आइतबार जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ७२ अंकले उकालो लाग्दा नीर्जिवन बिमा समुह ४ सय ९० अंकले उक्लिएको छ ।
व्यापार, होटल, जलविद्युत, लघुवित्त, उत्पादनमुलक र वित्त समुहमा दोहोरो अंकको वृद्धि हुँदा बैंकिङ समुह र सामुहिक लगानी कोषमा सामान्य अंकको गिरावट आयो ।
यसदिन नेपाल फाईनान्स लिमिटेडका शेयर धनीले सबैभन्दा बढि गुमाएका छन् । आइतबार २ सय २ कम्पनीको १ करोड ७७ लाख कित्ता शेयर १० अर्ब ४४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बैंकको घट्दो ब्याजदर र कोभिडका कारण अन्य क्षेत्रमा लगानी विस्तार नहुँदा केही महिना यता शेयर बजारमा पैसा ओईरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com