नेकपा प्रचण्ड–माधव समुहको बृहत् जनप्रदर्शनमा कुन नेताले कहाँको नेतृत्व गर्लान्

२६ माघ २०७७, सोमबार २०:०९

काठमाडौं । यहि माघ २८ गते बुधबार राजधानी काठमाडौंमा बृहत् जनप्रदर्शनको आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीका विभिन्न स्थानहरुको नेतृत्वका लागि शीर्ष नेताहरुलाई खटाउने भएको छ ।

राजधानीका मुख्य ५ स्थानहरुमा ती नेताहरुले जुलुसको नेतृत्व गर्ने बताइएको छ । राजधानीका मुख्य स्थानहरुमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल रहेका छन् ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् ।

जमलमा नेताहरु लिलामणि पोख्रेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठनको नेतृत्व सम्हाल्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले जुलसको नेतृत्व गर्ने छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.