शीर्ष स्थानकाे म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित


एजेन्सी, माघ २६ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

चौँथो स्थानमा रहेको लिभरपुललाई ४-१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । लिभरपुलको मैदानमा म्यानचेस्टर सिटीलाई जिताउन इल्के गुण्डोगानले दुई तथा रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक/एक गोल गरे ।  जितसँगै म्यानचेस्टर सिटीको ५० अङ्क भएको छ ।

यस्तै पाँचौँ स्थानमा रहेको चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र उल्भर ह्याम्पटन वान्डरसबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

गएराति नै भएको अर्को खेलमा आठौँ स्थानमा रहेको टोटनह्याम हटस्परले वेष्ट ब्रोमलाई २–० गोलले पराजित गरेको छ ।


 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope