२०७७ माघ २७ मंगलबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

२७ माघ २०७७, मंगलवार ०६:०८

आज मिति २०७७ साल माघ २७ गते मंगलबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको ९ तारिख, माघ कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, पूर्वषाढा नक्षत्र, त्रयोदशी तिथी, बज्र योग, गर करण, आज चन्द«मा बेलुकी ८ बजेर २६ मिनेटसम्म धनु राशीमा रहने छ, आजको अभिजित मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसोको १२ बजेर १८ मिनेटबाट १ बजेर ४१ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसोको ३ बजेर ४ मिनेटबाट  ४ बजेर २७ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

(१) मेष राशी

भाग्यले साथ नदिएको जस्तो अनुभव हुनेछ, मानसिक तनावले ग्रस्त बनाउन सक्ने, अनेक प्रकारको खर्च, उपद्रवी कार्य गर्न मन लाग्ने, पापवृत्ति बढन सक्ने,  पित्त तथा नेत्र सम्बन्धि समस्या आउनु सक्ने, पारिवारीक समस्या, दाम्पत्य सुखमा कमी, मान प्रतिष्ठा मा धक्का लाग्ने सम्भावना पनि छ, सरकारी झंझट र बाधा हुने, व्यापार व्यवसायीहरुलाइ दिन मध्यम छ,  व्यवसाय थप लगानी हुने अथवा परिवर्तन गर्न मन लाग्न सक्छ, पिता वा सन्तान सँग कष्टदायी  स्थिती आउन सक्छ । खराब संगतले हानी पुरयाउने योग छ,

(२) वृष राशी        

दिन अनुकुल छैन, शोक पर्ने, चोरी हुने, आफन्त हानी हुने जस्ता प्रतिकुल घटनाहरु हुन सक्छन् । संचित धनमा नोक्सानी, शत्रु बढने, निरर्थक भयले सताउने, खानपानको गडबडी, स्वास्थ्यमा समस्या, अनावश्यक खर्च, झगडा, मित्रसँग विवाद, दाम्पत्य सुखमा कमी, मानसिक चिन्ता, दुर्घटना जस्ता अनिष्ट फलहरुको  सम्भावना छ, कसै कसैलाई गुप्त कुराहरुमा मन जान सक्छ ।

(३) मिथुन राशी

दिन राम्रो रहनेछ । आरोग्यता, हरेक कार्यमा विजयी, शत्रु नाश, मान सम्मानको प्राप्ति, धन लाभ, उत्तम भोजन, व्यवसायीक लाभ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, दाम्पतय सुख, मनोरन्जनमा समय बित्नेछ । कसै कसैलाई व्यर्थको श्रम हुने योग चाँही छ , निरर्थक विवाद र गलत व्यक्तिहरुबाट भने जोगिनुपर्ने दिन छ ।

(४) कर्कट राशी

दिन राम्रो रहनेछ । कुटुम्ब तथा मातृ सुख प्राप्ति, आर्थिक लाभ, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य सुख, भोग विलाश तथा शयन सुख, आदर सत्कार पाइने, पारिवारिक सुख, शत्रुनाश, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । यात्रा गर्दा सचेत रहनुहोला, कुनै पुरानो रोग अथवा पेटसम्बन्धि समस्या दोहोरिन सक्छ, विद्यार्थीहरुलाइ  तथा व्यवसायीलाई समय राम्रो छ ।

(५) सिंह राशी

सचेत हुनुपर्ने दिन छ । धन हानी, खर्च, कर्ममा गतिरोध मानसिक खिन्नता, अपयशको भागि बन्नु पर्ने, चोटपटकको भय, दाम्पत्य सुखमा बाधा, स्वास्थ्य हानी, कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा नहुने, व्यर्थमै अलमलिने खालको समय छ, अरुहरुसँग विवादबाट टाढै रहनु होला ।

(६) कन्या राशी

दिन प्रतिकुल छ ।  आफन्त तथा बन्धुजन वा अन्य नजिकका बिच वैमनस्यता बढने सम्भावना छ, रोग र चिन्ता र कलहबाट टाढा रहनुपर्ने दिन छ, धन हानी हुने वा बढी खर्च हुने, कार्यस्थलमा गतिरोध रहने, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, मान सम्मान दिन वा प्रशंसा गर्न अरुले कन्जुस्याईं गर्ने छन्, दाम्पत्य सुखमा बाधा आउन सक्ने, साथै मित्रतामा पनि अप्ठयारो स्थिती आउन सक्छ ,

(७) तुला राशी

भाग्यले साथ दिनेछ । आत्मविश्वास बढने, आर्थिक लाभ हुने, मित्र, भाइ बन्धुहरुबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने, आरोग्यता प्राप्ति, शत्रुहरु परास्त हुनेछन् ।  दाम्पत्य जीवनमा खुशीको अवसर प्राप्त हुने, प्रविधिको क्षेत्रमा  कार्य गर्नेहरु वा आफनो बिजनेसलाइ प्रविधिको माध्यम्बाट अगाडि बढाउनेहरुलाई दिन राम्रो रहनेछ ।

(८) वृश्चिक राशी

मानसिक असन्तोष दिने खालको दिन छ ।  गरेको काममा बाधा आउन वा ढिलो हुन सक्ने, कुटुम्बसँग मनमुटाव बढन सक्ने, सन्तान पक्षबाट समस्या या विवाद हुन सक्ने, शिर, पेट, छाला, दाँत, आँखा वा अनुहारमा मा समस्या आउन सक्ने, गलत काममा वा गोप्य कुरामा मन जाने, विद्यार्थीहरुको पढाइबाट मन हटने, जथाभावी खानपानले स्वास्थयमा प्रतिकुलता आउने योग छ, सरकारी पक्षबाट पनि समस्या निम्तिने योग छ । बृहस्पतिको मंत्र ओम् बृगं बृहस्पतये नमः ३ माला जप गर्नुभएमा नकारात्मकतामा कमी आउने छ ।

(९) धनु राशी

भाग्यले साथ दिनेछ, सुख समृद्धि, निरोगिता, उत्तम भोजन प्राप्ति, परोपकारी कार्यमा मन जाने, वंशज तथा कुटुम्बजनको सहयोग प्राप्त हुने, धनधान्यको वृद्धि, मित्र बृद्धि, गृह सुख, वस्त्र वा उपहार आदि प्राप्त हुने, आदर सत्कार पाइने योग चलेको छ, शैयया सुख, वैवाहिक सुख मिल्ने । प्र्रेम सम्बन्धको लागि दिन राम्रो रहनेछ । व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि दिन राम्रो छ । लगानीको लागि समय ठीक छ ।

(१०)मकर राशी

समय राम्रो छैन । विविध भय, आलस्य, ईष्र्या, विवेकहीनता, मानसिक तनाव जस्ता गलत कुराले मन विचलीत हुन सक्छ, वृत्ति व्यवसायमा संकट, आर्थिक पक्षमा गिरावट यात्रामा कष्ट, आफन्तमा वैरभाव र विवाद हुने, मानहानी, स्थानहानी, राजभय, दन्ड जरिवाना, पदच्यूति जस्ता नकारात्मक फल प्राप्त हुन सक्छन् । नारायण कवच पाठ गरेमा तथा ओम् बुगं बुधाय नमः ३ माला जप गरेमा लाभ मिल्नेछ

(११) कुम्भ राशी

आनन्दायक दिन रहनेछ, शुभ समाचार आउन सक्ने । शरिरमा जोश जाँगर र उत्साहको संचार हुने , ऐश्वर्य, पद प्रतिष्ठा, मान, कीर्ति यशमा वृद्धि, काममा सफलता, व्यवसायमा उन्नति, जागिरमा हुने हरुलाई चिताएको स्थानान्तरण वा पदोन्नतिको सम्भावना, धन लाभ, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्र सुख वा मित्रहरुबाट फाइदा । आय स्रोत सम्बन्धि नयाँ थालनी हुनसक्छ, अगाडि बढनुहोला, पुराना अडकिएका कार्यहरुले गति लिनेछन । व्यापारी वर्गलाई राम्रो छ, लगानीलाइ  दिन शुभ छ ।

(१२) मीन राशी

विशेष सुखानुभूति दिलाउने खालको दिन छ, शत्रुमाथि विजय, सन्तति सुख, धन लाभ, कार्यमा सफलता एवम् बौद्धिक, आर्थिक तथा सामाजिक पक्षमा उन्नति हुने योग छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने समय राम्रो छ । ईच्छित फल पाउने अथवा शुभ समाचार आउन सक्नेछ । विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने दिन छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.