मोरक्कोमा आएको भिषण बाढीमा परि २४ जनाको मृत्यु

२७ माघ २०७७, मंगलवार ०८:२०

एजेन्सी । माेरक्कोमा अविरल वर्षापछि आएको भिषण बाढीमा परि कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

मोरक्कोको उत्तरमा पर्ने तान्गिरमा हिजो आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।

१० जनालाई घटनास्थलबाट उद्धार गरिएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारीरहेको बताइएको छ । बेपत्ताकोे संख्या यकिन हुन नसकेको जनाइएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.