प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

२७ माघ २०७७, मंगलवार ०९:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जादैहुनुहुन्छ ।

निर्वाचनको तयारीबारे आवश्यक कुरा बुझ्न मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओली कान्तीपथस्थित आयोगको कार्यालय जाने तयारीमा रहेको जनाइएको छ।

प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच नेकपा विवाद र आधिकारिकताका विषयमा पनि छलफल हुने श्रोतले बताएको छ।

नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकता लागि आयोगमा निवेदन दिइसकेको छ। तर ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव रहेको पक्ष नै आधिकारिक हुने दाबी गरिरहको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.