काठमाडाैं । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८-० गोलले हराएको छ ।

एन्फा कम्पलेक्स सातदोबाटोको मैदानमा भएको खेलमा एपीएफका लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन् । सावित्राले खेलकाे छैटाैँ, ३३ औँ, ४७ औँ, ६० औँ, ६२ औँ र ७९ औँ मिनेटमा गाेल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले खेलकाे पहिलाे मिनेटमै र ५४ औँ मिनेटमा दुई गोल गरिन् ।


याे जितसँगै एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ । चन्द्रपुर आठ खेलमा ६ अङ्कसहित छैटाैँ स्थानमा छ ।

प्रतियोगितामा बिहीवार चौदण्डीगढी र वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी र विराटनगर महानगरपालिका खेल्नेछन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com