प्रदेश नं १, बागमती र गण्डकीमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

२९ माघ २०७७, बिहीबार ०७:०७

काठमाडौं । हाल नेपाल भरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.