बढ्यो पेट्रोल, ग्याँस, डिजल र मट्टितेलको मुल्य

२९ माघ २०७७, बिहीबार ०७:१२

काठमाडाैं । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको एकैपटक मूल्य बढाएको हो। निगमले आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। ग्याँसको बढेको मुल्य एक हजार चार सय रुपैयाँ पुगेको छ ।

नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पर्ने छ। यस पटक निगमले हवाई इनधनको मूल्य भने यबढाएको छैन ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य समायोजन गरिएको भन्दै निगमले मूल्य नबढाए पाक्षिक रुपमा ९७।७५ करोड घाटा हुने जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.