काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट गिरफ्तार गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई गिरफ्तार गरेको हो ।


प्रहरीले नेतृ झाँक्रीलाई राज्यविरूद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पूर्जी बुझेसँगै नेतृ झाँक्रीले प्रहरीलाई गिरफ्तारी दिएकी हुन् । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगेपछि हाम्राकुरासँग कुरा गर्दै नेतृ झाँक्रीले प्रहरीले घर घेराउ गरिरहेको बताएकी थिइन्। पछि उनलाई प्रहरीले पक्रेर लगेको छ ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्री उपस्थित नभएपछि प्रहरी गिरफ्तार गर्न उनको घरमै पुगेको थियो । त्यसपश्चात नेतृ झाँक्रीले पक्राउ पूर्जी ल्याए आफु गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन् ।
झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका धेरै कार्यकर्ता भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी लगाएका थिए ।
गोरखाको एक कार्यक्रममा नेतृझाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । उनले गोरखामा नेकपा एमालेले मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने जुन संस्कृति सुरू गरेको थियो त्यसको प्रतिउत्पादक विद्या भण्डारी भएको आरोप लगाएकी थिइन् ।
मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com