प्रहरीले रामकुमारी झाँक्रीलाई बुझायो पक्राउ पुर्जी

२९ माघ २०७७, बिहीबार १३:५३

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी दिएको छ ।

बिहीबार उनको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पूर्जी दिएको हो ।

प्रहरीले पूर्जी बुझाएपछि नेतृ झाँक्रीले आफू गिरफ्तारी दिन तयार रहेको बताएकी छन् । शंखमुलस्थित झाँक्री निवासअगाडि भने अहिले उनका समर्थकले नाराबाजी गरिरहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.