२०७७ माघ ३० शुक्रबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

३० माघ २०७७, शुक्रबार ०५:०१

आज मिति २०७७ साल माघ ३० गते शुक्रबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १२ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, धनिष्ठा नक्षत्र, प्रतिप्रदा तिथी, परिघ योग, किस्तुध्न करण, आज चन्द«मा कुम्भ राशीमा रहने छ, आजको अभिजित मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ। आजको अमृत समय बिहानको ९ बजेर ३१ मिनेटबाट १० बजेर ५५ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानकोे १० बजेर ५५ मिनेटबाट १२ बजेर १८ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१) मेष राशी

मन प्रफुल्लित रहने खालको दिन छ, शुभ समाचार आउन सक्छ, कर्मयोगीहरुको लागि महत्वाकांक्षा पूरा हुने तथा आय आम्दानीमा वृद्धि हुने खालको दिन छ, व्यापारमा पर्याप्त लाभ, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइ सँग रमाइलो जम्ने योग छ, महिला वर्गबाट लाभ अथवा स्त्री सुखमा समय बित्न सक्नेछ । लगानीको लागि समय राम्रो छ ।

(२) वृष राशी        

दिन शुभ रहनेछ । चिताएको कुरा हुने बलियो सम्भावना छ । उत्तम स्वास्थ्य, उत्तम गृह सुख, कार्य व्यवसायमा पदोन्नति, सुखद परिवर्तनको अनुभूति हुने, कामको जिम्मेवारी अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नु पर्नेहरुबाट मानसम्मान, यश किर्ति प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ,

(३) मिथुन राशी

परिस्थितीको अगाडि भाग्यले साथ नदिन सक्छ, गरे अनुसार जस नपाइने, धार्मिक क्रियाहरुमा मन नलाग्ने, सन्तानको स्वास्थ्यहानी अथवा सन्तानसँग मतभेद हुन सक्ने, स्वास्थ्यको ख्याल राख्नु पर्नेछ , विशेषत बृद्ध अवस्थामा हुनुहुन्छ भने पेट, छाती, निमोनिया, पखाला आदिबाट जोगिनु होला, राज्यको तर्फबाट अथवा सरकारी कर्मचारीहरुबाट समस्या आउन सक्छ, व्यवसायमा हानी को सम्भावना छ । शत्रुहरुबाट सावधान रहनु होला, 

(४) कर्कट राशी

दिन अनुकुल नहुन सक्छ , प्रतिकुल घटनाहरुले आज मन अशान्त हुन सक्छ, स्वास्थ्यको ख्याल राख्नु पर्नेछ, विशेषत खानपानको समय नमिल्नाले र जथाभावी भोजनले पनि स्वास्थ्यमा समस्या आउन सक्छ, कुनै पनि प्रकारको कलह र विवादबाट आज बच्नुहोला, निरर्थक भयले सताउने, दुख कष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने योग छ, सचेत हुनुहोला ।

(५) सिंह राशी

दिन राम्रो छ । लाभकारक एवम सुखदायी बसाइ, स्वास्थ्य वा  अन्य फाइदाको लागि घर बाहिर बस्नुपर्ने अवस्था आउने अथवा छोटो खालको भ्रमण पनि हुने योग देखिएको छ, आर्थिक लाभ, शैय्या सुख, उत्तम स्वास्थय, भौतिक विलासिताका सामग्रीको खरीद वा प्राप्ति, भोग विलास, मनोरन्जन वा रति सुखमा ध्यान जान सक्नेछ, दाम्पत्य सुख सुखद रहनेछ, व्यापार व्यवसायमा लाभको योग बनेको छ , पार्टनरशीपमा कार्य गर्नेहरुलाइ आज खुशी प्राप्त हुन  सक्छ । लगानीलाइ आज दिन ठिक छ ।

(६) कन्या राशी

दिन राम्रो रहनेछ । समस्याहरुबाट मुक्ति पाइने, दीर्घरोगीहरुले आरोग्यता प्राप्ति, शत्रुहरुमाथि विजय प्राप्ति, आर्थिक लाभ, धन सम्बन्धि सुखद कुरा हुने योग छ, अरुले कदर गर्ने, यश र आनन्द प्राप्ति, , विद्यार्थीहरुलाई दिन राम्रो रहनेछ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति ।व्यापार व्यवसायको लागि दिन सफल रहनेछ । खर्चमाथि भने नियन्त्रण गर्नुपर्नेछ, दुषित प्रेम प्रसंग र गलत सम्बन्धबाट भने टाढा रहनु होला ।

(७) तुला राशी

मन अशान्त रहन सक्छ, व्यर्थको दुख पाइने, गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, शत्रुहरुले हानी नोक्सानी पुरयाउने वा रिस गर्ने योग छ, धनको नोक्सानी वा अनावश्यक खर्च हुन सक्छ, निर्णयहरु गलत हुन सक्ने, स्वास्थ्यमा गिरावट आउने, पेटसम्बन्धि कुनै पुरानो रोग छ भने बल्झिन सक्ने योग छ , सन्तानहरुलाइ कष्ट पर्न सक्ने, विद्यार्थीहरुको शिक्षा कार्य बाधित हुने तथा एकाग्रतामा कमी आउन सक्छ , मनमा गलत विचारहरुलाइ स्थान नदिनुहोला । यात्रागर्दा अथवा सवारी साधन चलाउँदा भने सावधानी अपनाउनु पर्नेछ,

(८) वृश्चिक राशी

दिन अनुकुल छैन, आत्मविश्वासमा कमी आउने, चित्त चंचल रहने,  कसैलाई विश्वास गर्न मन नलाग्ने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त हुने, शारिरिक कमजोरी महसुस हुने, छाती सम्बन्धि समस्या उत्पन्न हुन सक्ने, आफन्तसँग विवाद हुन सक्ने, स्त्रि सुखमा कमी, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, चिसो तथा संक्रामक रोगहरुबाट बच्नु पर्नेछ , मmोल चिज खाँदा होश पुरयाउनु होला तथा स्त्रि वर्गहरु बाट भने सचेत रहनु पर्नेछ ।

(९) धनु राशी

भाग्य बलियो हुने खालको दिन छ, धन आगमन हुने, मिठो खानपान तथा रमझम्मा समय बित्न सक्ने, लुगा कपडा वा अन्य वस्तुको प्राप्ति, मन प्रसन्न रहने, स्वास्थ्य ठीक रहनेछ, भाइ बन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रुहरुमाथि विजय प्राप्त हुने, प्रेमिकाहरुसँग सहवास सुख मिल्ने, कुनै पनि कार्यमा सफलता प्राप्त हुन सक्नेछ, कसै कसैलाई छोटो दुरीको यात्रा वा भ्रमण पनि हुने योग देखिएको छ । लगानीलाइ आज दिन राम्रो छ ।

(१०)मकर राशी

मानसिक असन्तोष दिने खालको समय बन्न सक्छ, आर्थिक नोक्सानी वा खर्च, धन संचयमा बाधा आउने, आफनो मान्छेहरुसँग मनमुटाव हुन सक्छ, उत्तम भोजन र सुखमा कमि आउने, आँखा, दाँत वा अनुहार सम्बन्धित समस्या हुन सक्ने, गरेका कामहरुमा बाधा आउने, गलत विचारहरु मनमा आउन सक्छन् , पढाइ लेखाइमा मन नजाने, एकाग्रता कमी वा धेरै कुरा सोचिरहन मन लाग्ने हुन सक्छ, अनावश्यक खर्च र व्यवसायीक घाटा हुने भएकोले सचेत रहनु होला, नाता कुटुम्ब वा साथीभाइहरुसँग हुने विवादबाट टाढा रहनु होला।

(११) कुम्भ राशी

सुख र आनन्द प्राप्त हुने खालको दिन रहनेछ, भाग्यको साथ र सहयोग पाइने छ, सकारात्मक विचारले मनोबल उच्च हुनेछ । शरीरमा जोश जाँगर बढेर उर्जा प्राप्त हुनेछ । रोगव्याधिबाट छुटकारा, उत्तम भोजन, वस्त्र लाभ र शयन सुख प्राप्त हुने, धन तथा उपहार प्राप्ति, आर्थिक लाभ, आदर सत्कार कदर को साथै मित्रहरुको सहयोग पाइने छ, स्त्रि वर्गहरुको साथ र सहयोग प्राप्त हुने वा उनीहरुसँग रमाइलोमा समय बित्ने योग छ,

(१२) मीन राशी

दिन अनुकुल छैन, अत्यधिक वा अनावश्यक खर्च हुने, शारिरिक कष्ट र व्यथा पाइने, मानसिक अशान्ति, धन तथा मानसम्मानको हानी, निरर्थक धपेडी हुने, आर्थिक हानी नोक्सानी, सन्तानको तर्फबाट सुख नपाइने, आँखा सम्बन्धि समस्या आउन सक्ने, आफनो घमन्डले अनर्थ हुन सक्छ । व्यवसाय र लगानीलाइ दिन प्रतिकुल छ, आज विवेकशील, सहनशील र सकारात्मक हुनु भएको खन्डमा दिन कम कष्टकर हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.