उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना

३० माघ २०७७, शुक्रबार ०७:३६

काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।

हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.