काठमाडाैंका तीन स्थानमा ‘वाटर एटिएम’ जडान, एक लिटर पानीकाे पाँच रूपैयाँ

३० माघ २०७७, शुक्रबार १०:१२

काठमाडाैं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडाैं महानगरपालिका र काठमाडाैं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीवारदेखि काठमाडाैं वाटर एटिएम संञ्चालनमा आएको छ ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भू भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।

वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैया तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटिएमलाई ३ महिनासम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिनापछि बोर्डलाई हस्तान्तरण बताइएकाे छ ।

यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँकाे सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाडाैं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ साताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिनुभयो ।

काठमाडाैंमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

एक सातामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बाराहीमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

काठमाडाैं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सञ्चालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैया रहेको बताइएकाे छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.