काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुंम्बिनी प्रदेशका केही भू-भागको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ ।
देशका अन्य पहाडी भू-भागहरुको मौसममा पनि आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश नं १ का पहाडी भू-भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com