नेकपा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै, सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

१ फाल्गुन २०७७, शनिबार ११:५५

काठमाडौं । नेकपाको केपी शर्मा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

बुटवलमा विभिन्न स्थानवाट ¥याली सहित बुटवलको सिद्धेश्वरी मैदानमा सभा गर्न लागिएको हो ।

आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्‍याली निकाल्ने तयारी छ । प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले बुटवलमा शनिबार आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्नेछन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले शनिबार हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने दावी गरेका छन् । आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने उनको दावी छ ।

यसअघि ओली पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । प्रधानमन्त्री ओलीले आजै बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले सबैभन्दा पहिला बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्याश गर्न लागेका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.