नेकपा प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस मनाउँदै

१ फाल्गुन २०७७, शनिबार ०७:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् ।

तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै आज जनयुद्ध दिवस मनाउन लागिएको हो ।

सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

काठमाडौंमा शहीद स्मृति तथा सम्मान कार्यक्रम आज बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाइएको छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.